सहमति र सहकार्य औल्याउँदै कोइरालाको ११औ स्मृति दिवस मनाइयो

समाचार

3/21/2021

कपिलवस्तु, ८ चैत । युग पुरुष पूर्वप्रधानमन्त्री एवं नेपाली कांगे्रसका नेता स्वर्गीय गिरिजा प्रसाद कोइरालाको ११औं स्मृति दिवस कपिलवस्तुमा पनि मनाइएको छ ।

सहमति, सहकार्य र एकता आजको आवश्यकता भन्ने विचार गोष्ठी नेपाली कांगे्रसको जिल्ला कार्यालय तौलिहवामा कार्यक्रम राखी गिरिजा प्रसाद कोइराला फाउण्डेसनले मनाएको हो ।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री एवं नेपाली कांगे्रसका पार्टी सभापति सुरेन्द्रराज आचार्यले कोइरालाले नेपाली राजनीतिमा शान्ति र सहकार्य गरी सशस्त्र द्वन्द्धमा रहेको तत्कालीन माओवादीलाई वार्तामार्फत शान्ति प्रकृयामा ल्याई नेपाललाई शान्ति प्रकृयामा ल्याएको कुरा सबैले स्मरण गरेको बताए ।

साथै राजा हटाउन र लोकतात्रिक गणतन्त्र स्थापनामा गर्न कोइरालाको नै योगदान भएको चर्चा गरे ।

कार्य्रममा पूर्वमन्त्री एवं राजदूत दिपकुमार उपाध्यायले विश्वले मानेका नेता गिरिजा बाबुका कार्यकर्ताहरुले कोइरालाको योगदानलाई आत्मसात गरि सहकार्य र एकता मार्फत समुन्नत नेपाल निर्माणमा लाग्नु पर्ने बताए ।

साथै देशको वर्तमान अवस्थाको समस्या एक आपसमा छलफल र संवादमार्फत समस्या समाधान गरि विकासमा दलहरु लाग्नु पर्ने वेला आएको समेत उपाध्यायले बताए ।

कार्यक्रममा कांगे्रसका आमन्त्रित केन्द्रीय सदस्य राजेश सिंह, पूर्वमन्त्री कमलेश कुमार शर्मा, पूर्वसभापति राजेश आचार्य, सुधाकर पाण्डेय, जिल्ला उपाध्यक्ष अब्दुल कलाम, जिल्ला सचिव प्रेम बहादुर रायमाझी, कोषाध्यक्ष शोहरत तेली, प्रदेशसभा सदस्य रिना नेपाल, माला गोतामे, जिल्ला सदस्य विरेन्द्र मिश्रा, क्षेत्रीय सभापति अब्दुल मन्नान खां, तरुण दल अध्यक्ष शक्ति सिंह ठकुरी, जिल्ला समन्यव समितिका उपप्रमुख तारावती चौधरीलगायतले कोइरालाको जीवनी र शान्ति सहकार्य र एकताको बारेमा बोलेका थिए ।

गिरिजा प्रसाद कोइराला फाउण्डेसनका जिल्ला संयोजक माधव पराजुलीको अध्यक्षता सिता न्यौपानेको संचालन र वजिह अरसदको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ