काठमाडौं, १३ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको विभाजन रोक्न चिनियाँ राष्ट्रपति सी जिन्पिङको सन्देश लिएर नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको प्रतिनिधि मण्डलले उच्चस्तरीय भेटवार्तामा व्यस्त छ ।
गुओ नेतृत्वको प्रतिनिधिमण्डलले यसअघि नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गरिसकेको छ ।
यसैक्रममा सोमबार बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग खुमलटारमा गुओसहितको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ ।
यसैगरी प्रचण्ड समूहका अध्यक्ष माधव कुमार नेपालसँग पनि चिनियाँ टोली भेट्ने कार्यक्रम रहेको बुझिएको छ ।
चिनियाँ प्रतिनिधिमण्डलले नेकपाको विभाजन, संसद विघटन लगायतका समसामयिक विषयमा जानकारी लिएर चिनियाँ राष्ट्रपति सी जिन्पिङलाई ब्रिफ गर्ने स्रोतको दाबी छ । नेकपा विभाजन रोक्न चिनियाँ माइक्रो म्यानेजमेन्ट दिनरात लागेको हो ।
तपाईको प्रतिक्रिया