हत्यामा संलग्न रहेको अभियोगमा ४ जना पक्राउ

समाचार

5/19/2021

मोरङ, ५ जेठ । रंगेली नगरपालिका–३ बस्ने २४ वर्षीया अनिता यादवको हत्यामा संलग्न रहेको अभियोगमा उनकै श्रीमान् २४ वर्षीय बेचन यादव समेत ४ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सोही नगरपालिकास्थित तिलुवा चोकको नहरमा धारिलो हतियारले घाँटी रेटी हत्या भएको अवस्थामा अनिताको शव फेला परेपश्चात ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले थप अनुसन्धान गर्ने क्रममा हत्यामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ