हत्या अभियुक्त तीन वर्षपछि पक्राउ

समाचार

5/20/2021

जनकपुरधाम, ६ जेठ । तीन वर्षअघि सिरहामा एकजनाको अपहरणपछि हत्याको घटनामा संलग्न तीनजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको बरियारपट्टी गाउँपालिका वडा नं. ४ तेनुवापट्टी टोलका ३९ वर्षीय जयराम साह, ३२ वर्षीय हरेराम साह र ४७ वर्षीय शैलेन्द्र साह रहेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए ।

पक्राउ परेका तीनै जना र सोही स्थानका बिलेक्षण यादवले २०७५ साल वैशाख २९ गते रातिको समयमा बरियारपट्टी गाउँपालिका वडा नं. ४ सोहपुरका अनिष कुमार सिंहलाई घरबाट अपहरण गरेर तेनुवापट्टीमा पर्ने आधारभूत प्राथमिक विधालय अगाडि घाइते बनाएका थिए । घाइते भएका अनिषको उपचारको क्रममा २०७६ साल जेष्ठ १ गते मृत्यु भएको थियो ।

घटना पश्चात फरार रहेका तीनजनालाई जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटेको टोलीले तीनजनालाई बुधबार पक्राउ गरेको हो । तीनै जनालाई कारवाहीको लागि जिल्ला अदालत सिरहामा पेश गराएको प्रवक्ता शर्माले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ