जनकपुरधाम, २१ चैत । प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले जनजनको भाषा हिन्दीलाई नेपालमा बोलिने हरेक भाषाभाषीलाई एक अर्काको बीचमा सहजता ल्याउनका लागि सम्पर्क भाषाको संवैधानिक मान्यता दिन मांग गरेका छन् ।
नेपाल हिन्दी प्रतिष्ठानले जनकपुरधाममा आयोजना गरेको दुई दिवसीय १९ औं नेपाल राष्ट्रिय हिन्दी सम्मेलनमा बोल्दै मन्त्री सोनलले हिन्दी विश्व भाषाको मान्यता प्राप्त गरिसकेकोले यसको नेपालमा नेपालीजनताले दक्षता हासिल गराउन आजको अपरिहार्यता भइसकेको बताएका छन् ।
सो सम्मेलनको समुद्घाटन समारोहबीच हिन्दी भाषा साहित्यको श्रीवृध्दिमा साहित्य रचना गर्ने स्रष्टाहरुलाई सम्मान र पुरष्कार प्रदान गरिएको थियो ।
यसरी सम्मानित हुनेहरुमा देवी पन्थी, चतुर्भुज शर्मा, विजय यादव, राजेश्वर ठाकुर, विन्दु ठाकुर, दिनेश यादव, रामसागर साह, रामनारायण ठाकुर, रामशरण मण्डल, साधु राय, रामस्वार्थ यादव, डा. सूर्यनाथ गोप, डा. सुचित शर्मा, संगित मण्डलसहित पन्ध्र जना र नगद ५५हजार ५सय ५५सहित ललितपुर निवासी डा.कृष्णजंग राणालाई राजर्षिजनक प्रतिभा पुरस्कारबाट पुरस्कृत गरिएको छ ।
सम्मेलनमा नेपाल र भारतका साहित्य स्रष्टाहरुको सहभागिता रहेको छ । नेपालमा हिन्दीको मान्यताका लागि जेलनेल समेत भोगेका प्रेस तथा प्रजातन्त्र स्तन्त्रता सेनानी नेपाल हिन्दी प्रतिष्ठानका अध्यक्ष राजेश्वर नेपालीले दशकौंदेखि अभियान संचालन गर्दै आएका छन् ।
तपाईको प्रतिक्रिया