हिन्दूहरुको जनसंख्या कम गर्न चलखेल : अध्यक्ष पटेल

समाचार

2/26/2021

वीरगन्ज, १४ फागुन । हिन्दू परिषद् नेपालका केन्द्रीय अध्यक्ष संतोष पटेलले जनगणनाको नाममा नेपालमा रहेका हिन्दूहरुको जनसंख्या कम गर्न षड्यन्त्र भइरहेको बताएका छन् ।

उनले सामाजिक संजाल मापÞर्mत सम्पूर्ण नेपाली दाजुभाई र दिदिबहिनी सजक र सचेत रहन आग्रह एवं अनुरोध गरेका छन् । पटेलले भने ९४% सनातन धर्म मानिने ओमकार परिवार भएको हाम्रो देश नेपाल हो ।

१० वर्षमा हुने जनगणना आउदो जेष्ठमा गर्ने तैयारी नेपाल सरकारले गरेको छ। जनगणनामा हाम्रो जनसंख्या कम गर्न तीब्र चलखेल हुदैछ । सचेत र सजक हुन सम्पूर्ण हिन्दू समाज संग अनुरोध गरेका छन् ।

नेपाल सरकारको केन्द्रीय तथ्याङ्क विभागले प्रत्येक दश वर्षमा गर्ने राष्ट्रिय जनगणनाको बाह्रौँ शृंखला २०७८ जेष्ठ २२ देखि असार ८ गतेसम्म सञ्चालन हुदैछ । उक्त जनगणनाका लागि तयार पारिएको फारममा धर्म जनाउने बुदाँहरुमा ‘प्रकृति पूजक’ एवं ‘अन्य’ शिर्षक भएको बुदाँ समेत समावेश गरिएकोमा गम्भीर ध्यानार्षण भएको पटेलले बताएका थिए ।

‘आउँदो जनगणनामा हिन्दूहरुको संख्या न्युन देखाउने उद्देश्यले पश्चिमा एवं हिन्दू विरोधी तत्वहरुको योजनाबद्ध षडयन्त्र अन्तर्गत जनगणना फारम तयार पारिएको तथ्य प्रष्टै देखिएको छ ।

यस सन्दर्भमा समय मै सचेत हुन आवश्यक भएको हुनाले जनगणनाको बेला चनाखो रहन पटेलले सम्पूर्ण हिन्दू समाज संग अनुरोघ गरेका छन् ।

विश्वमा सनातन धर्मको उदगम स्थल हो नेपाल।देव् भूमि,तपो भूमि, योग भुमि, सुन्दर र शान्ति भुमि, प्राकृतिक सौन्दर्यको धनी भुमि,शालिग्राम भगवानको पावन भुमि,जल र जड़ीबूटीको उद्गम सँगै आराध्य देव भगवान पशुपतिनाथ, मां सीता जन्मस्थल,भगवान गौतम बुद्ध,बलिको लागी विश्व प्रसिद्ध श्री गढि़माई, सागरमाथा सहित अन्य थुप्रै थारोहरहरु रहेको देश हो हाम्रो नेपाल पटेलले भने ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ