काठमाडौं, ३२ साउन । पाकिस्तानमा धार्मिक अल्पसंख्यक हिन्दु, बौद्ध, जैन, शिखहरुमाथि हिंसा गरेको विरोधमा राष्ट्रिय एकता अभियानले काठमाडौं महाराजगञ्जस्थित पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरेको छ । पाकिस्तानले आफ्नो ७४औं स्वतन्त्रता दिवस मनाइरहँदा प्रदर्शनकारीहरुले दूतावास अगाडि पुगेर धार्मिक अल्पसंख्यकहरुमाथि भइरहेको हिंसा बन्द गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
राष्ट्रिय एकता अभियानका संयोजक विनय यादवले पाकिस्तानी दूतावास महाराजगंज पुगेर विरोध प्रदर्शन गरिएको बताए । पाकिस्तानी सरकारले हिन्दु, बौद्ध र क्रिष्टियनहरुमाथि भइरहेको ज्यादती र हिंसालाई रोक्न कुनै पनि कदम नचालेको अभियानका संयोजक यादवको भनाई छ ।
तपाईको प्रतिक्रिया