वीरगन्ज, ६ जेठ । हिन्दू स्वयंसेवक संघ नेपाल, वीरगन्ज विभाग तथा संघ विचार परिवारले कोरोना प्रभावित तथा तिनका कुरुवालाई निःशुल्क खाना वितरण गरिरहेको छ ।
संघले वीरगन्जको नेसनल मेडिकल कलेज मातहातमा वीरगन्ज १६ नगवामा सञ्चालित नेसनल मेडिकल कलेज कोरोना अस्पतालका बिरामी तथा कुरुवाका लागि निःशुल्क भोजन वितरण गरिरहेको छ ।
अस्पताल स्थापना भएदेखि नै उपचार गराउन आउने बिरामी तथा उनका कुरुवाको बिजोग नै बन्दै गएको थियो । लकडाउनका कारण सम्पूर्ण बस्ने होटल र खाना खाने होटल बन्द हुँदा प्रभावित भएका थिए ।
खाना खाने होटल, बन्द हुँदा र लकडाउनमा सडकमा हिँड्दा प्रहरीले समेत दुःख दिने गरेका थिए । संघले बस्न राम्रो प्रबन्ध र खानाको व्यवस्थापन गर्दै आएको छ ।
संघले नेसनल मेडिकलको कोरोना अस्पतालमा मात्र नभई वीरगन्जको नारायणी अस्पतालका रहेको बिरामी तथा कुरुवा र सडकपेटीमा रहेको गरिब जनताको लागि निःशुल्क भोजन वितरण तथा राहत सामग्री उपलब्ध गराउँदै आएको छ ।
औषधि, भोजन, खाद्यान्न वा अन्य कुनै पनि प्रकारको सेवा लिनुपरेमा ९८५५०२०८०८, ९८०२९२०८०८ र ९८४८९०२९५६ मा फोन सम्पर्क गर्न पनि संघले अनुरोध गरेको छ ।
तपाईको प्रतिक्रिया