काठमाडौं, २२ जेठ । उपप्रधान तथा शहरी विकासमन्त्री मन्त्री एवम् जसपाका नेता राजेन्द्र महतोले नेपाल एकल राज्य नभएको दावी दोहो¥याएका छन् ।
नेपाल बहुलताले भरिएको देश भएको भन्दै महतोले एकल राज्य नभई बहुल राज्य हुन आवश्यक रहेको दोहो¥याए । महतोले देशको संविधान अधुरो रहेको तथा देशमा विभिन्न जातजातिमाथि विभेद ब्याप्त रहेको बताए ।
जसपा पार्टी कार्यालयमा नवनियुक्त मन्त्रीहरुलाई गरिएको स्वागत कार्यक्रममा शनिवार बोल्दै उनले एकल राज्यका कारण विभिन्न समुदाय पछि परेको भन्दै बहुल समुदाय रहेकोले बहुलतामा आधारित राज्य सञ्चालन गर्नुपर्ने बताए ।
महतोले भने, ‘यो देश बहुलताले भरिएको छ । विविधताले भरिएको छ । नेपाल एकल राज्य होइन, बहुल राज्य हो । विभिन्न जाति–समुदायको देश हो । उनीहरु सबैमा समान व्यवहार भइरहेको छैन । नियम कानूनमा पनि विभेद छ र व्यवहारमा पनि ।’
आफ्नो पार्टी कांग्रेस र कम्युनिष्टजस्तो नभएको महतोले बताए । कांग्रेस र कम्युनिष्टले गर्न नसकेको काम गर्नका लागि पार्टी स्थापना भएको भन्दै उनले समाजमा व्याप्त शोषण र उत्पीडन समाप्त गर्ने लक्ष्य रहेको उल्लेख गरे ।
‘हाम्रो पहिलो दायित्व र रुझान भनेको पार्टीको मूल्य–मान्यता हो । हामी २४ घन्टा नै त्यसलाई याद राख्ने छौं ।’ महतोले भने ।
उनले नवनियुक्त मन्त्रीहरुलाई सबैभन्दा पहिले पाटीको नीतिलाई मुख्य ध्यानमा दिँदै काम गर्न निर्देशन दिए ।
मन्त्री महतोले थरूहट आन्दोलनमा लागेका पार्टीका नेता रेशम चौधरी जेलमा रहेको बताउँदै सर्वोच्चले मुद्दा टुङ्याएपछि राष्ट्रपतिबाट कैद सजाय माफी गराएर चौधरीको रिहाइ गराउने जानकारी गराए । उनले रेशम चौधरीको रिहाइको विषयमा ध्यानमा राखेको जानकारी गराए ।
तपाईको प्रतिक्रिया