हाम्रा माग र मुद्दा सम्बोधनको प्रक्रिया सुरु भएको छ : अध्यक्ष ठाकुर

समाचार

6/5/2021

काठमाडौं, २२ जेठ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन् ठाकुरले आफूहरुको माग र मुद्दा सम्बोधन हुने प्रक्रिया भएको बताएका छन् ।

शनिबार जसपा केन्द्रीय कार्यालय बबरमहलमा आयोजित नवनियुक्त मन्त्रीहरुको स्वागत कार्यक्रममा जसपा अध्यक्ष महन्थ ठाकुरले आफ्ना माग सम्बोधनको प्रक्रिया अगाडि बढाएपछि सरकारमा गएको बताए ।

ठाकुरले भने, ‘हाम्रा माग र मुद्दा सम्बोधनको प्रक्रिया सुरु भएको छ । जेलमा रहेका साथीहरु पनि छुट्नु हुन्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सक्ने जति गर्ने बचन दिएको उनले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ