हाम्रो संघर्ष सत्य र स्वतन्त्रताका लागि हो : जसपा अध्यक्ष महन्थ ठाकुर (भिडियोसहित)

समाचार

1/18/2021

काठमाडौं, ५ माघ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफूहरुको संघर्ष सत्य र स्वतन्त्रताका लागि निरन्तर जारी रहने बताएका छन् । ‘जहिले पनि विजय सत्य हुन्छ, हिंसाको होइन’, उनले भने ।

बलिदानी दिवसको अवसरमा मधेश आन्दोलनका शहीदहरुको सम्झनामा जसपाको केन्द्रीय कार्यालयमा आयोजित श्रद्धाञ्जलीसभामा अध्यक्ष ठाकुरले यस्तो कुरा बताएका हुन् ।

शासकवर्गले स्वेच्छाचारी ढंगले जतिसुक्र हिंसा गरेपनि आफूहरुको लक्ष्यले विजय प्राप्त गर्ने अध्यक्ष ठाकुरले बताए ।

‘राज्यको आधार शक्ति व्यवस्थित रुपले चलाउनका लागि निर्माण गरिएको हुन्छ, जब शासकहरु स्वेच्छाचारी हुन्छ तब यो शक्तिको दुरुपयोग हुन सुरु हुन्छ’ अध्यक्ष ठाकुरले भने, ‘आज मधेशमा जुन शहीद भएका छन्, त्यो राज्यको शक्ति दुरुपयोगकै कारण ।’

जहाँ गोली चलाउनेपर्ने स्थिति थिएन, त्यहाँ गोली चलाइएको जिकिर गर्दै उनले शान्तिपूर्ण ढंगबाट विभेदका विरुद्ध, आफ्नो अधिकारका लागि संघर्ष भइरहँदा पनि बलिदानी दिनुपरेको बताए ।

संघर्ष अहिले पनि जारी नै रहेको अध्यक्ष ठाकुरले बताए ।

बलिदानी दिवस कार्यक्रमको सञ्चालन जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य डा.सुरेन्द्र झाले गरेका थिए भने जसपाका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

<iframe src="//www.youtube.com/embed/_vRKlA4GTGc" width="560" height="314" allowfullscreen="allowfullscreen"></iframe>

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ