काठमाडौं, २७ बैशाख । जनता समाजवादी पार्टी नेपालका दोस्रो नम्बरका अध्यक्ष उपेन्द्र यादव समूहले केपी ओली नेतृत्वको सरकारको विरुद्धमा वैकल्पिक सरकार खोज्ने निर्णय गरेको बताएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै अध्यक्ष यादवले कुन आधारमा विश्वासको मत दिनुपर्ने भनेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् । मधेश आन्दोलन, संघीयता र समावेशिताका विरुद्धमा रहेका प्रधानमन्त्रीलाई किन विश्वास दिने भनेर उनले सोधेका हुन् ।
प्रधानमन्त्री ओलीले संघीयता, समावेशिताविरुद्धमा काम गरेको यादवको भनाइ थियो । उनले प्रदेशहरूलाई संघीय सरकारका प्रशासनिक इकाई भनेर, संघीय लोकतन्त्रिक गणतन्त्र नेपाल लेख्ने क्रम अन्त्य गरेर र विभिन्न नियुक्तिमा समावेशिता नअपनाएकाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसकिने बताए ।
यता, जसपाका अध्यक्ष महन्थ ठाकुरले आफूहरु प्रधानमन्त्रीको विश्वासको पक्ष वा विपक्षमा नरहेको बताएका थिए ।
तपाईको प्रतिक्रिया