हामी संविधान रक्षाका लागि सडक संघर्षमा आएका थिएनौं : महन्थ ठाकुर (भिडियोसहित)

समाचार

2/24/2021

काठमाडौं, १२ फागुन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफूहरुले संविधान रक्षाका लागि सडक संघर्षमा नउत्रेको बताएका छन् । उनले मधेशीमाथि हुँदै आएको अन्याय, अत्याचार र दमनको विरुद्धमा अहिले पनि संघर्षमै रहेको जिकिर गरेका हुन् ।

बुधबार पूर्वराजपानिकट राष्ट्रिय विद्यार्थी संघले संघीय राजधानी काठमाडौंमा आयोजना गरेको वर्तमान राजनीतिक सन्दर्भमा बृहत विद्यार्थी तथा भेला तथा सम्वाद कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट बोल्दै उनले यस्तो धारणा राखेका थिए ।

उनले भने, ‘हामी जुन समानता, सामाजिक न्यायका लागि संघर्ष गर्दै आएको छौं, त्यो स्थापित नभएसम्म हामीलाई संघर्षमै रहनुपर्छ ।’ उनले मानव सभ्यता इतिहासदेखि संघर्ष गर्दै बाँचिरहेको उदाहरणसमेत प्रस्तुत गरेका थिए ।

अध्यक्ष ठाकुरले देशमा उत्पन्न संकटका कारण कुर्सीकै लडाइका कारण भएको दाबी गरेका छन् । उनले अहिले पनि सत्तारुढ दलभित्र कुर्सीकै लागि झगडा भएको बताए ।

नेपालमा कम्युनिष्ट पार्टी असफल भइसकेको दाबीसमेत उनले गरे । उनले कम्युनिष्ट पार्टीलाई जनताले करिब दुई तिहाइको सुविधाजनक बहुमत दिँदासमेत सरकार चलाउन नसकेकोले कम्युनिष्ट सरकार र कम्युनिष्ट पार्टी असफल भइसकेको तर्क गरे ।

राष्ट्रिय विद्यार्थी संघका अध्यक्ष मनिष मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथि जसपाका वरिष्ठ नेता राजेन्द्र महतो, विशेष अतिथिहरु केन्द्रीय कार्यकारिणी समिति सदस्य राजकिशोर यादव, अनिल कुमार झा, प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, अतिथिहरु जसपाका नेताहरु वृषेश चन्द्र लाल, अकवाल अहमद शाह, राजीव झा, प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल, डा.सुरेन्द्र झा, केशव झा लगायत विद्यार्थी नेताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

<iframe src="//www.youtube.com/embed/8rV4CLYXhf0" width="560" height="314" allowfullscreen="allowfullscreen"></iframe>

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ