काठमाडौं, १९ चैत । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले भारत सरकारको आर्थिक सहयोगमा नेपालको तराई क्षेत्रमा निर्माण सम्पन्न भएका सडकहरू संयुक्तरूपमा बुधबार नेपालका जनतालाई समर्पित गरेका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, उप—सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक अर्जुनजंग थापा, हुलाकी राजमार्ग निर्देशनालयका परियोजना निर्देशक रोहितकुमार बिसुराल र भारतीय राजदूतावासका परियोजना प्रभागका प्रमुख प्रफुल्लचन्द्र शर्मा उक्त कार्यक्रममा उपस्थित थिए ।
नेपालको तराई क्षेत्रका सडक पूर्वाधारलाई स्तरोन्नत गर्ने सम्बन्धमा भारत र नेपालबीच भएको सहमतिअनुरूप नेपाल सरकारले दश अत्यन्त आवश्यक सडकको पहिचान गरेको हो जुन भारत सरकारको नेरू. ८०० करोड आर्थिक सहयोगमा निर्माण हुनेछन् । यी सडकहरूलाई हुलाकी राजमार्गको नामले पनि चिनिन्छ र यी सडकहरूले पूर्व—पश्चिम राजमार्गमा अवस्थित प्रमुख शहरहरूलाई भारत—नेपाल सीमासँग पनि जोड्दछन् । नेपालको प्रदेश नं१, २ र ५ का सात सीमावर्ती जिल्लामा अवस्थित यी सडकहरूले २८४ भन्दा बढी वडा, १४९ वटा गाउँ, १८ वटा गाउँपालिका, १८ वटा नगरपालिका, एक उप–महानगरपालिका र एक महानगरपालिकाका जनताहरूलाई जोड्न सघाउ पु¥याएको छ ।
नेपालको सडक विभागले निर्धारण गरेको मापदण्डअनुरूप यी दश सडकहरूको निर्माण गरिएको हो । प्रत्येक सडकमा सात मिटर कैरियजवे र सडकको दुवैतर्फ दुई मिटरको रोडशोल्डरको व्यवस्था गरिएको छ । यी सडकमा ढल, बसोबास क्षेत्रमा रेलिङ्गसहितको पदमार्ग, सडकचिन्ह र अन्य सडक फर्निचरको सुविधा पनि राखिएको छ ।
यस परियोजनाअन्तर्गत ६५२ भन्दा बढी कल्भर्ट र १११ किलोमिटरभन्दा बढी ड्रेनेज नेटवर्कको पनि निर्माण गरिएको छ ।
भारत सरकारको आर्थिक सहयोग र नेपाल सरकारको कार्यान्वयन मोडालिटि अनुरूप यो परियोजनाको कार्यान्वयन भएको छ । ठेक्का उद्देश्यका लागि यी १० सडकहरूलाई १४ वटा प्याकेजमा विभाजन गरिएको थियो ।
यी सडकहरूको निर्माण हेतु सन् २०१६ अक्टोबरदेखि सन् २०१७ नोभेम्बरसम्मको अवधिमा सडक विभागले १४ वटा ठेक्का हस्तान्तरण गरेको थियो । यी सडकहरूको निर्माणका लागि विशेष विवरणहरू सडक विभागले तयार पारेको विस्तृत परियोजना विवरणमा समावेश गरिएको छ ।
यस परियोजनाका लागि भारत सरकारको परामर्शदाताको रूपमा राष्ट्रिय राजमार्ग एवम् पूर्वाधार विकास निगम लिमिटेड (ल्ज्क्ष्म्ऋी) लाई चयन गरिएको थियो ।
भारत सरकारको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएका तराई सडक परियोजनाले नेपालको तराई क्षेत्रको सडक पूर्वाधारलाई स्तरोन्नत गर्न ठूलो सहयोग पु¥याउनुका साथै दुई देशका जनताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको छ ।
यी हुलाकी सडकले हालै भारतले नेपालमा निर्माण सम्पन्न गरेका र निर्माणाधीन अन्य प्रमुख सीमा पूर्वाधारहरू जस्तै वीरगञ्ज र विराटनगरमा अवस्थित एकीकृत चेकपोष्ट तथा अन्तरदेशीय रेलमार्गलाई पनि सहजता प्रदान गरेको छ ।
भारत सरकारको आर्थिक सहयोगमै भारतको जयनगरदेखि नेपालको कुर्थासम्म अन्तरदेशीय रेलमार्गको निर्माण सम्पन्न भइसकेको छ र यस परियोजनलाई सञ्चालनमा ल्याउने गरी नेपाल सरकारलाई हस्तान्तरण गर्न तयारी अवस्थामा छ ।
यस सम्बन्धमा दुवै पक्षले यात्रुवाहक रेललाई सञ्चालनमा ल्याउन अन्तिम तयारी गरिरहेको छ ।
१४ वटा प्याकेजमध्ये निर्माण सम्पन्न भई सम्बन्धित क्षेत्रका जनताले प्रयोग गरिरहेका १३ वटा प्याकेज भारतीय राजदूत र भौतिक पूर्वाधार र यातायातमन्त्रीले संयुक्त रूपमा समर्पित गरेका थिए ।
यी हालसालै निर्माण सम्पन्न भएका सडकले मानिसहरूको यात्रा तथा आवागमनलाई थप आरामदायी र सहज बनाएको छ ।
तपाईको प्रतिक्रिया