‘ह्वाट द फ्लप’का सञ्चालक क्षेत्रीले मागे माफी

समाचार

7/10/2020

काठमाडौं, २६ असार । कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने कर्यक्रम ‘ह्वाट द फ्लप’का प्रस्तोता एवम् सञ्चालक सन्दीप क्षेत्रीले माफी मागेका छन् ।

कार्यक्रम मार्फत मधेशी समुदायको मानमर्दन, भावनालाई आघात पु¥याउने खालको प्रस्तुति गर्दै आएको आरोपसहित क्षेत्रीविरुद्ध प्रहरीमा उजुरी परेपछि उनले माफी मागेका हुन् ।

बिहीबार साँझ प्रसारण भएको कार्यक्रम ‘ह्वाट द फ्लप’ मार्फत आफ्नो कार्यक्रम विशुद्ध मनोरञ्नात्मक र सूचना दिनका लागि निर्माण गरिएको स्पष्ट पार्दै उनले भने, ‘कार्यक्रमलाई यहाँसम्म ल्याइ पु¥याउन दर्शकहरुकै सल्लाह–सुझावले काम गरेको छ ।।’

‘ह्वाट द फ्लप शो’ बन्द गराउन माग गर्दै प्रेस काउन्सिलमा उजुरी, सन्दीप क्षेत्रीसहितलाई कारवाहीको माग ‘मैले कार्यक्रममा निर्माण गरेको एक चरित्रबाट एक समुदाय दुःखी भएको खबर थाहा पाउँदा म पनि मर्माहत भएको छु’, सन्दीपले कार्यक्रममा भनेका छन्, ‘त्यो मेरो आफ्नो समुदाय हो । मलाई माया गर्ने मान्छेको मन दुखेको खबर थाहा पाइसकेपछि मेरो मन दुःख्नु स्वभाविक हो ।’

कार्यक्रम मार्फत कुनै पनि समुदायको मन दुखाउने उद्देश्य कहिलै नरहेको उनले बताए । ‘यदि मबाट तपाईंहरुको मन दुखेको छ भने म हाम्रो ‘ह्वाट द फ्लप’ टिम र कान्तिपुर टेलिभिजन माफी माग्न चाहन्छ, उनले भने ।’

केही दिन अगाडि कार्यक्रम ‘ह्वाट द फ्लप’ बन्द गराउन प्रेस काउन्सिलमा उजुरी परेको थियो । उक्त उजुरीमा कार्यक्रमका प्रस्तोता सन्दीप क्षेत्री, कार्यक्रमका ब्यावस्थापक र प्रोड्युसर विशाल घोषलाई कानूनी कारवाहीको माग गरिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ