बाँके, १५ जेठ । नेपालगञ्ज उपमहानगरपालिका–१७ ढोडेगाउँमा बुधबार राति आएको हावाहुरीबाट करिब ३ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सोही ठाउँ बस्ने प्यारी गडरीया समेत ३ जनाको कच्ची घरभत्किनुका साथै नन्दा लोध समेत २ जनाको घरको छानो उडाउँदा अन्नपात, लत्ताकपडा तथा अन्यसरसमान क्षति भई उक्त रकम बराबरको धनमाल नष्ट भएको हो ।
तपाईको प्रतिक्रिया