पर्सा, २९ चैत । कालिकामाई गाउँपालिका–१ तिनदुबियाबाट करिब १२ केजी अवैध लागूऔषध चरेश आइतबार बिहान प्रहरीले बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय कालिकामाईबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ अपरिचित व्यक्तिहरुले साथमा रहेको बोरा छाडी भागेपछि प्रहरीले बोरा जाँच गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो । हाल फरार व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ ।
तपाईको प्रतिक्रिया