१२ किलो अवैध लागूऔषध गाँजा सहित तीन जना पक्राउ

समाचार

5/5/2021

सिरहा, २२ बैशाख । धनगढीमाई नगरपालिका–११ श्रमजिवी जाने बाटोबाट १२ किलो अवैध लागूऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार राति पक्राउ पर्नेहरुमा धनगढीमाई नगरपालिका–१३ बस्ने २१ वर्षीय राकेश यादब, २१ वर्षीय सुनिल यादब र २० वर्षीय संजय यादब रहेका छन् ।

स.१० प २७३ र स.२ प ७५८३ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा दुबै मोटरसाइकलमा सवार उनीहरुलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ