काठमाडौं, ९ चैत । नेपाल–भारत यात्रुबाहक यातायात बन्द भएको १२ महिना पुग्दा पनि पुनः सञ्चालन हुन सकेको छैन ।
कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले ११ चैत ०७६ देखि संघीय सरकारले दुई देशबीच सञ्चालन भइरहेको यातायात सेवा बन्द गरेको थियो ।
त्यसपछि स्वास्थ्य मापदण्ड अपनाएर ०७७ साउनदेखि आन्तरिक यातायात सुचारु गर्ने निर्णय गरे पनि सरकारले नेपाल–भारत यातायात भने अझसम्म खुलाएको छैन ।
सरकारले निर्णय नगर्दा नेपालबाट दैनिक भारत सञ्चालन हुने बस अहिले ग्यारेजमा थन्किएर बसेका त्रिसिद्धेश्वरी राप्ती यातायातका
वर्ष दिनदेखि नेपाल–भारत बस सञ्चालन नहुँदा सीमानाका र त्यसवरपरका बजारसमेत प्रभावित भएको पूर्व मेची बस व्यवसायी कम्पनीका अध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए ।
‘अहिले भारतीय पर्यटक शून्य जस्तै छ, यसले पर्यटन क्षेत्रलाई पनि नकारात्मक प्रभाव परिरहेको छ,’ उनले भने, ‘यसलाई सुधार गर्न पनि बस सञ्चालनमा ल्याउनुपर्छ ।’
अर्काेतर्फ भारतीय पक्ष पनि बस सञ्चालन गर्न चाहिरहेको बस व्यवसायीहरूको भनाइ छ । सरकारले बस सञ्चालनको निर्णय गर्नेबित्तिकै दुई देशबीच बस सुचारु हुनेछ ।
तपाईको प्रतिक्रिया