१३ मानसिक रोगी र सडक मानवको उद्दार

समाचार

12/31/2020

सर्लाही, १६ पुस । सर्लाहीको हरिवन नगरपालिकामा डक मानव र मानसिक रोगी गरी १३ जनाको उद्दार गरिएको छ ।

नगरपालिकाका विभिन्न स्थानबाट लालबन्दी नगरपालिकाको नवलपुरबाट १ र यसअघि हरिवन नगरपालिकाकै वडा नं. ४ पटौनाका एकै घरका ३ जना मानसिक रोगी दाजुभाई गरी १३ जनाको उद्दार गरिएको हो ।

उद्दार गरिएकाहरूलाई हरिवन ९ स्थित नयाँरोडमा रहेको मानव सेवा आश्रमको प्रादेशिक शाखामा लगेर राखिएको संस्थाका राष्ट्रिय संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । उनका अनुसार भाडाको घरमा खोलिएको मानव सेवा आश्रम सञ्चालनका लागि हरिवन नगरपालिकाले सहयोग समेत गरेको छ ।

आश्रममा २० जनालाई पुग्ने ओढ्ने–ओछ्याउने र २ सय जनालाई खाना बनाउन पुग्ने भाँडासहितका सामग्री सहयोग गरेको हरिवन नगरपालिकाकी उपप्रमुख रेणुका पौडेलले बताइन ।

हरिवन नगरपालिकाले कार्यपालिका बैठकबाट आश्रमका लागि घर भाडा तिर्न वार्षिक दुई लाख रुपैयाँ सहयोग गरेको छ भने आश्रमको आफ्नै भवन निर्माण गर्न नगरपालिकाले ८ लाख रुपैयाँ प्रदान गर्ने निर्णय पनि गरिसकेको छ ।

पुस ८ गतेदेखि माघ ८ गतेसम्मका लागि मेची–महाकाली राष्ट्रिय उद्दार कार्यक्रम सञ्चालन गरेको मानव सेवा आश्रमले विभिन्न जिल्लाहरूबाट अहिलेसम्म ५८ जनाको उद्दार गरिसकेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ