१४ केजी गाँजा बरामद

समाचार

8/22/2020

मोरङ, ६ भाद्र । जिल्लाको जहदा गाउँपालिका–३ हातीबंदाबाट १४ केजी लागूऔषध गाँजा शनिबार बिहान प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ भारततर्फ जाँदै गरेका को.१८ प २६१९ नम्बर र बिआर ३८ आर ९४४० नम्बरका २ मोटरसाइकलमा सवार अपरिचित व्यक्तिहरूले मोटरसाइकल र झोला छाडी फरार भएपश्चात प्रहरीले तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारेको हो ।

फरार व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ