रुपन्देही, २३ साउन । रुपन्देही जिल्लाको रोहिणी गाँउपालिका २ मोहिनीहवाबाट एपीएफ टोलीले २५ क्वीन्टल जडिबुटि र ओखर जस्तो देखिने बस्तु १५ क्वीन्टल बरामद गरेको हो ।
सो ठाउँस्थित एक घरमा अवैध रुपमा लुकाई छिपाई भण्डारण गरी राखेको अवस्थामा उक्त जडिबुटि र ओखर जस्तो देखिने बस्तु सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा बेस मेहिनीहवाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
बरामद जडिबुटि र ओखर जस्तो देखिने बस्तु जिल्ला वन कार्यालय रुपन्देहीमा बुझाइएको छ ।
तपाईको प्रतिक्रिया