सिरहा, २८ माघ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा कर्जन्हा नगरपालिका–११ बगाहा बस्ने ३७ वर्षीय गुनेश्वर सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।
बालिका आफ्नै घर पछाडि शौचालय गएको अवस्थामा गुनेश्वरले जबरजस्ती करणी उद्योग गरेपछि बालिकाको परिवार तथा आफन्तले देखेर गुनेश्वरलाई नियन्त्रणमा लिई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया