१९ वटा भारतीय नम्बरका मोटरसाइकल नियन्त्रण

समाचार

5/19/2021

पर्सा, ५ जेठ । कोरोना संक्रमण न्यूनीकरणका लागि जारी निषेधाज्ञा उल्लंघन गरी पर्सामा चलाइएका १९ वटा भारतीय नम्बरका मोटरसाइकल पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

गएको १६ वैशाखबाट जिल्लामा निषेधाज्ञा जारी छ । यही समयमा कागजपत्रसमेत नभएका भारतीय नम्बर प्लेटका मोटरसाइकल चलाएको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले नियन्त्रणमा लिएका सबै मोटरसाइकल अवैध भेटिएको पर्सा पर्सा प्रहरीले जनाएको छ । बजार मूल्यअनुसार २२ लाख ६० हजार मूल्यका रहेका पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए ।

योभन्दा अगाडि पनि निषेधाज्ञा उल्लंघन गरी चलाइएका ९ वटा भारतीय नम्बरका मोटरसाइकल पर्सा प्रहरीले नियन्त्रणमा लिएर वीरगन्ज भन्सार बुझाइसकेको छ । पछिल्लो पटक नियन्त्रणका १९ वटै मोटरसाइकल पनि मंगलबार नै वीरगन्ज भन्सारमा बुझाइएको प्रहरी नायव उपरीक्षक खनालले बताए ।

२० दिनको अन्तरालमा कुल २८ वटा भारतीय नम्बरका मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिइसकेको छ । अनधिकृत रुपमा जिल्लाका विभिन्न ठाउँमा चलाइएका मोटरसाइकल जिल्ला र मातहतका विभिन्न युनिटमा खटेका प्रहरीले यो संख्यामा मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक खनालले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ