बाँके, २८ चैत । कोहलपुर नगरपालिका–१० हाईस्कुल चोकबाट १ थान कटुवा पेस्तोल र १ राउण्ड गोलीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार साँझ पकाउ पर्नेहरुमा भारत बहराईज बाबागंज बस्ने २० वर्षीय महता प्रसाद खटिक, सोही ठाउँ बस्ने ५५ वर्षीय नकछेद पाछी र बाँके कोहलपुर नगरपालिका–१४ बस्ने ३२ वर्षीय सुरज लामिछाने रहेका छन् ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्ने क्रममा उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया