१ सय ६५ किलो गाँजासहित पक्राउ

समाचार

5/30/2021

सुनसरी, १६ जेठ । कोशी गाउँपालिका–८ भाण्टाबारी पानी ट्याङ्कीस्थित सडकबाट १ सय ६५ किलो अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने ४० वर्षीय गणेश यादबलाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार बिहान भारततर्फ निकासी गर्ने उद्देश्यले सीमातर्फ लैजान तयारी बनाई सडकमा निकालेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ