रौतहट, ८ चैत । गौर नगरपालिका–४ टिकुलीया मठ नजिकबाट करिब २५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् ।
सोही ठाउँ बस्ने झिङ्गुर भन्ने ४४ वर्षीय हरि किशोर सहनीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले हरि किशोरको घर नजिकैको ट्वाईलेटमा लुकाई राखेको उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया