काठमाडौं, २५ असोज । चिकित्सा शिक्षामा सुधारको माग गर्दै आमरण अनसनरत् डा. गोविन्द केसीले २८औं दिनमा अनशन तोडेका छन् ।
आइतबार बिहान केसीले सफाइ कर्मचारीको हातबाट जुस खाएर डा.केसीले १९औं आमरण अनसन तोडेका हुन् ।
शनिबार मध्यराति डा.केसी र सरकारी वार्ता टोलीबीच ८ बुँदे सहमति भएपछि डा. केसीको १९औं आमरण अनशन अन्त्य गरेका हो ।
डा. केसीले त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् ।
चिकित्सा शिक्षा सुधारका बिभिन्न ६ बुँदे मागहरु राख्दै डा. केसीले गत २९ भदौदेखि जुम्लाबाट १९ औं अनशन सुरु गरेका थिए । उनलाई आठौं दिनमा काठमाडौं ल्याइएको थियो ।
तपाईको प्रतिक्रिया