४०० थान कम्बल वितरण

समाचार

12/27/2020

वीरगन्ज, १२ पुस । मानव अधिकार तथा शान्ति समाज पर्सा शाखाको आयोजना र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनि लगायतकोे सहयोगमा पर्सा जिल्ला बीरगंज महानगरपालिकाको वडा न. ४,५ र ७ का विपन्न दलित परिवारलाई कार्यक्रम आयोजना गरि २०० थान कम्बल बितरण गरिएको थियो ।

यसैगरी, शान्ति समाज सिराहा शाखाको आयोजना र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनि लगायतकोे सहयोगमा मंसिर २७ गते सप्तरी जिल्लाको डाक्नेश्वरी नगर पालिका वडा नं ९ का बिपन्न दलित परिवारलाई २०० थान कम्वल बितरण गरिएको थियोे ।

कार्यक्रमको संयोजन गर्नुभएका शान्ति समाज पर्सा शाखा सभापति अमर बहादुर गौतमले सेवामुखी उदेश्य बोकेका संस्थाहरुको तर्फबाट भबिष्यमा पनि सहयोग कार्यक्रमलाई निरन्तरता दिने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ