वीरगञ्ज, ११ असार । कोरोना महामारीका कारण करिब दुई महिनादेखि जारी रहेको बन्दाबन्दीको अवस्थामा अतिविपन्न वर्गका लागि रेल्वे कटेजद्वारा सञ्चालित निःशुल्क भोजन अभियान “फिड फोर निडी“ ले ५१ दिनमा पनि जारी रहेको छ ।
निषेधाज्ञाबाट प्रभावित गरिव, अतिविपन्न र दैनिक ज्यालादारी गरेर आफ्नो जीविकोपार्जन गर्नेहरुका लागि वीरगञ्जस्थित रेल्वे कटेजद्वारा सञ्चालित निःशुल्क भोजन भियन “फिड फोर निडी“ ले ५० औं दिन पूरा गरेको हो ।
जिल्लामा निषेधाज्ञा जारी रहेसम्म भोजन अभियान सञ्चालन गर्ने प्रतिबद्धता अनुरुप रेल्वे कटेजले अहिले निषेधाज्ञा लगभग खुकुलो भएपनि आफ्नो अभियानलाई निरन्तरता दिएको छ ।
रेल्वे कटेजले विगत ५० दिनदेखि आफ्नो “फिड फोर निडी“ अभियान अन्तर्गत वीरगञ्जका विभिन्न स्थानमा पुगेर खाना वितरण गर्नुका साथै नारायणी अस्पतालमा उपचारत कोरोना सङ्क्रमितहरुलाई समेत फलफुल वितरण गर्दै आएको अभियानका संयोजक तथा सामाजिक अभियन्ता ओमप्रकाश सरार्फले जानकारी बताएका छन् ।
सर्राफका अनुसार अभियान मार्फत अहिलेसम्म १६ हजार ५ सय भन्दापनि बढीलाई खानाको प्याकेट वितरण गरिएको छ ।
अभियानमा स्वयंसेवकको रुपमा संजय पटेल, शिवम पटेल, सागर सरार्फ, मोहमद अरसद, किसु सरार्फ, सन्दिप नेपाल, राकेश कुमारलगायतले सेवा गर्दै आएका छन् ।
तपाईको प्रतिक्रिया