५४ क्युफिट काठ बरामद

समाचार

6/17/2021

जनकपुरधाम, ३ असार । महोत्तरीको बर्दिवास नगरपालिकाको दुर्गम इलाकाको वन क्षेत्रबाट अवैध सालको काठ तस्करी गर्न लागेको अवस्थामा पक्राउ गरिएको छ ।

बर्दिबास–११ खयरमारा स्थित बाँके र छोड्के दोभानबाट डिभिजन वन कार्यालय महोत्तरीले अबैध काठ सालको ५४ क्युफिट चिरान काठ बरामद गरेको हो ।

सर्लाही, महोत्तरी र सिन्धुलीको माझमा पर्ने राई दमार दुर्गम क्षेत्रबाट ९४ थान सालको चिरान कडी बरामद गरिएको हो । महोत्तरी जिल्लाको विकट गाउँ मानिने बाँके र छोड्के दोभानमा चुरिया वन क्षेत्रबाट बहुमूल्य सालका काठ कटान गरेर तस्करी भएर रहस्य खुलेको हो ।

विशेष सूचनाको आधारमा डिभिजन वन कार्यालय महोतरीको सहायक वन अधिकृत मनिराम यादवको नेतृत्वमा सव डिभिजन कार्यालय गढन्ता, सव डिभिजन कार्यालय लक्ष्मिनिया, सशस्त्र वन सुरक्षा शाखा माइस्थान, सागरनाथ वन विकास परियोजना लक्ष्मिनिया रेन्ज युनिट, सशस्त्र प्रहरी राजमार्ग सुरक्षा वेसक्याम लक्ष्मिनियाबाट गएको संयुक्त टोलीले काठ बरामद गरेको हो ।

सबैतिर कोरोना महामारीको कारण जारी निषेधाज्ञाको फाइदा उठाउँदै तस्करहरूले वन क्षेत्रभित्र काठ चिरान गरिरहेको सूचनाको आधारमा कार्यायलले सुरक्षा टिम सहित गरेको खोजतलासको क्रममा काठ बरामद भएको हो ।

बरामद काठ लक्ष्मीनियाँ स्थित सब डिभिजन वन कार्यालयमा राखेर थप अनुसन्धान प्रकृया अघि बढाइएको डिभिजन प्रमुख विनोदकुमार सिंहले जनाए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ