५७ जना कोरोनाका नयाँ विरामी पुष्टि, नेपालमा जम्मा संक्रमित १९१ पुग्यो

समाचार

5/12/2020

काठमाडौं, ३० बैशाख । नेपालमा एकै दिन ५७ जना कोरोना भाइरस (कोभिड–१९) का नयाँ विरामी फेला परेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंको प्रयोगशालामा गरिएको प्ररीक्षणअनुसार ५७ जना कोरोनाका विरामी फेला परेका हुन् । नयाँ फेला परेका सबै पुरुषहरु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा.समीर कुमार अधिकारीका अनुसार कपिलवस्तुका ८, रुपन्देहीका ९, पर्साका ३९ र बारा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ