५८ लाखको चोरीपैठारीको सामानसहित पक्राउ

समाचार

1/11/2021

रौतहट, २७ पुस । रौतहट जिल्लाको यमुनामाई गाउँपालिका ४ स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले करीव एक लाख ५८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामानसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको गरुडा नगरपालिका ५ बस्ने ३७ वर्षिय झगडु राय छन् ।

आइतबार ना १ ज ३२९६ नम्बरको टेल्को पिकअप गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा रायलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण रौतहटबाट खटिएको एपीएफ टोलीले उक्त सामानसहित पक्राउ गरेको हो ।

त्यसवेला एपीएफ टोलीले सामान ल्याउन प्रयोग भएको सो गाडी समेत बरामद गरेको छ ।

पक्राउ परेका रायलाई बरामद सामान तथा गाडीसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौरमा बुझाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ