५ पसललाई कारबाही

समाचार

7/15/2021

वीरगञ्ज, ३१ असार । बजार अनुगमनका क्रममा खरिद बिल नदेखाउने र अनुगमनमा असहयोग गर्ने वीरगञ्जका ५ वटा पसललाई एक लाख जरिवाना गरिएको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय वीरगञ्जले गरेको बजार अनुगमनको क्रममा वीरगञ्ज–११ मीना बजारका ५ वटा प्रति पसललाई २० हजार रुपैयाँ जरिवाना गरिएको हो ।

अनुगमनका क्रममा खरिद बिल नदेखाउने मीना बजारका आयूष गल्ला किराना पसल, राहुल एन्ड नवीन किराना, न्यू अमित किराना स्टोर्स, कन्हैया किराना र अनुगमनमा असहयोग गर्ने कोमल स्टोरलाई जनही २० हजार जरिवाना गरिएको वाणिज्य कार्यालयका सूचना अधिकारी दिलीप खंग खत्वेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ