६ जना लागुऔषध कारोबारी पक्राउ

समाचार

5/22/2021

जनकपुरधाम, ८ जेठ । महोत्तरीको छुट्टाछुट्टै स्थानबाट नाबालकसहित ६ जना लागुऔषध कारोबारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको गौशाला नगरपालिका– ४ का २२ वर्षीय रबिन साह, १५ वर्षीय नाबालक, बर्दिवास नगरपालिका–१२ का ३४ वर्षीय रञ्जन आले, वडा नं. १४ का २८ वर्षीय इन्द्रजित साह सोनार, सिन्धुलीको कमलामाई नगरपालिका–६ का २४ वर्षीय रोशन थापा र सिन्धुलीकै गोलन्जोर गाउँपालिका–५ का रोहित थापा रहेको प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

चेकजाँचका क्रममा महोत्तरी औरही नगरपालिका–४ कठुधारस्थित सम्सीबाट माईस्थानतर्फ जाँदै गरेको मोटरसाइकललाई चेकजाँच गर्दा रबिन साह र १५ वर्षीय नावालकलाई नियन्त्रणमा लिइएको छ ।

दुबैजनालाई एक्सिप्लोन १०० एमएलका ६९ बोतल, नाइट्रोभेटको ४५ वटा ट्याब्लेट, एस्पास्मोप्रोक्सिवन प्लस २४ वटा ट्याब्लेटसहित पक्राउ गरिएको हो । अनुसन्धानका क्रममा लागुऔषध बर्दिवासका रञ्जन आलेले मगाएकाले उनलाई समेत नियन्त्रणमा लिएको प्रवक्ता विष्टले जानकारी दिए ।

त्यस्तै, बर्दिवास नगरपालिका–३ पाटुस्थित लागुऔषध खरिद बिक्री भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बर्दिवासबाट खटेको प्रहरी टोलीले इन्द्रजित साह सोनार, रोशन थापा र रोहित थापालाई एस्पास्मो प्रोक्सिवन प्लस ४० पिस, कोडेन फोसफेट एन्ड क्लोरफेनिरामाइन माइलेट सिरप १०० एमएलको २५ बोतलसहित नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ