६ वर्षीया बालिका बेपत्ता

समाचार

11/22/2020

महोत्तरी, ८ मंसिर । महोत्तरीको बर्दिबास(१४ बाट एक बालिका बेपत्ता भएकी छन्। सहिद आलमकी ६ वर्षीया छोरी इन्तजार भनिने गुलाश साह खातुन बेपत्ता भएकी हुन् ।

फुपुको घरमा खेल्दै गर्दा उनी आइतबार साँझदेखि बेपत्ता भएको बताइएको छ । साँझ घर नफर्किएपछि परिवारजनले प्रहरीमा खबर गरेका ईलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चापागाईंले बताए ।

मध्यरातीसम्म प्रहरी र गाउँले बालिकालाई खोज्दा पनि भेटेको छैन । घरबाटै बेपत्ता भएकी बालिकाको प्रहरी र गाउँलेले खोजी कार्य तीब्र पारेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ