काठमाडौं, १३ माघ । छिमेकी मित्रराष्ट्र भारतले आज ७२ औं गणतन्त्र दिवस मनाउँदै छ । २६ जनवरी १९५० मा भारतमा गणतन्त्र स्थापना भएको थियो ।
गणतन्त्र दिवसको अवसरमा राजपथमा विशेष समारोह आयोजना गरिएको छ । भारतको सैन्य शक्ति, बिभिन्न झाँकीसमेत प्रदर्शन हुने समारोहलाई प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्ने छन् ।
यसैगरी, विभिन्न देशहरुमा रहेका भारतका दूतावास तथा कुटनीतिक नियोगहरुले समेत गणतन्त्र दिवस मनाइरहेका छन् । यसैक्रममा काठमाडौंस्थित भारतीय दूतावासलेसमेत मनाइरहेको छ ।
दिवसको अवसरमा प्रधानमन्त्री मोदी, गृहमन्त्री अमित शाह लगायतले ट्वीट गरेर सम्पूर्ण देशवासीलाई बधाई दिएका छन् ।
भारतको गणतन्त्र दिवसमा अघिल्ला वर्षहरुमा विदेशी विशिष्ट पाहुनालाई प्रमुख अतिथिको रुपमा सहभागी हुने गरिए पनि यस वर्ष कोरोना महामारीका कारण कोही पनि विदेशी पाहुनालाई प्रमुख अतिथिको रुपमा बोलाइएको छैन ।
तपाईको प्रतिक्रिया