सर्लाही, १ साउन । हरिवन नगरपालिका–२ बाट ७७ किलो गाँजासहित एकजना पक्राउ परेका छन् । बिहीबार साँझ सोही ठाउँका करिब ३० वर्षीय अशोककुमार लामालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढथोकीले जानकारी दिए ।
हरिवन–२ अत्रौली खोलामा बा. ५२ प. १९३२ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा प्लाष्टिकको बोराममा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
लामासँगै रहेका अन्य तीनजना भने फरार भएको प्रहरीले जनाएको छ । लामा र मोटरसाइकललाई आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यलय हरिवनमा राखिएको छ ।
तपाईको प्रतिक्रिया