८ सय परिवारलाई राहत वितरण

समाचार

12/22/2020

वीरगञ्ज, ७ पुस । नेपाल अष्ट्रेलिया प्रजातान्त्रिक मञ्चले तराईका विभिन्न जिल्लामा राहत वितरण गरेको छ । कोभिड–१९ बाट प्रभावित दलित विपन्न समुदायलाई खाद्यान्न सामग्री वितरण गरेको हो ।

पर्साको अलौ, सुगौली, लक्ष्मीपुर, रौतहटको गरूडा, सर्लाहीको चन्रद्ररनगरका दलित विपन्न समुदायलाई राहत वितरण गरिएको थियो । तराईको दलित लक्षित राहत कार्यक्रमको संयोजन पत्रकार चन्द्रकिशोरले गरेका थिए ।

तराईका तीन जिल्लामा ४ सय परिवारलाई प्रतिपरिवार २५ किलो चामल, २ किलो दाल, तेल, नून र मास्क १र१ प्योकट, नुहाउने र लुगा धुने साबुन वितरण गरिएको पत्रकार चन्द्रकिशोरले जानकारी दिए । मञ्चले तराईका दलितका लागि मात्रै ६ लाखको राहत प्रदान गरेको उनले बताए ।

अष्ट्रेलियामा रहेका नेपाली दाजुभाई दिदीबहिनीहरुसँग रकम संकलन गरी नेपालका दलित विपन्न समुदायलाई राहत वितरण गरिएको मञ्चका अध्यक्ष सुरेन्द्र सापकोटाले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ