८ सय बढी भारतीय मजदुरहरु सिमानामै अलपत्र

समाचार

5/20/2020

मलंगवा, ७ जेठ । सर्लाहीका विभिन्न इट्टाभट्टामा कामगर्ने करिब ८ सय भारतीय मजदुर नेपाल भारत सीमा क्षेत्रमा अलपत्र परेका छन् ।भारतीय सुरक्षाकर्मीले भारत प्रवेश गर्न नदिएपछि उनीहरु सीमा क्षेत्रमा अलपत्र परेका हुन् ।

काम गर्ने उद्योगहरुमा काम बन्द भएपछि उनीहरु घर जानका लागि बिहानै मलंगवास्थित नेपाल भारत सीमा नजिकै आइपुगेका हुन् ।

उद्योगमा काम पनि बन्द भएको र काम गरे वापत पाएको पैसा पनि सकिएकाले आफुहरु घर जान बाध्य भएको उनीहरु बताउँछन् । सीमा क्षेत्रमा आएकामध्ये भारतका बिहार, पश्चिम बंगाल र उत्तर प्रदेशका रहेका छन् ।

कोरोनाको संक्रमणका कारण सरकारले लकडाउन घोषणा गरेपछि दुई महिनादेखि उद्योगहरु बन्द भएको भारतको उत्तरप्रदेशका मजदुर असलम खानले जानकारी दिएका छन् ।

मलंगवास्थित सीमा क्षेत्रबाट भारतीय सुरक्षाकर्मीले जान नदिएपछि उनीहरुलाई पर्साको वीरगंज हुँदै भारत पठाउने तयारी भइरहेको जिल्ला समन्वय समिति सर्लाहीका सभापति तथा इट्टा उद्योग व्यवसायी संघ सर्लाहीका अध्यक्ष मेथुर चौधरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ