जसपा अध्यक्ष ठाकुरको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार (सर्वोच्चको आदेशसहित)

समाचार

२०७८ सावन १०

काठमाडौं, १० साउन । आधिकारिकताको विवाद रहेको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले सर्वोच्च अदालतमा दिएको रिट खारेज भएको छ ।

अध्यक्ष ठाकुरले जसपाको आधिकारिकताका लागि निर्वाचन आयोगले निर्देशन गरेको हेड काउन्ट रोक्नका लागि सर्वोच्च अदालतमा रिट दायर गराएका थिए ।

आइतबार निर्वाचन आयोगले जसपाको आधिकारिकतासम्बन्धी विवादमा भोली साउन ११ गते सोमबार सबै कार्यकारिणी समिति सदस्यलाई उपस्थित हुन आदेश दिएको छ । तर निर्वाचन आयोगको उक्त निर्णयविरुद्ध महन्थ ठाकुरले सर्वोच्च अदालतमा रिट दिएका थिए ।

न्यायाधीश कुमार रेग्मीको इजलासले यस विषयमा दुबै पक्षलाई साउन १५ गते छलफलका लागि बोलाएको छ । त्यस्तै निर्वाचन आयोगको निर्णयको सक्कल प्रति पनि मगाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ