रेशम चौधरीले महन्थ ठाकुरलाई दिए भीष्मपितामहको संज्ञा

समाचार

काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा सांसद रेशमलाल चौधरीले अध्यक्ष महन्थ ठाकुरलाई भीष्मपीतामहको संज्ञा दिएका छन् ।

पार्टीको आधिकारिकता विषयमा सनाखतका लागि निर्वाचन आयोग पुगेका सांसद चौधरीले अध्यक्ष ठाकुरलाई राजनीतिको भीष्मपीतामहको दर्जा दिएका हुन् ।

उनले अध्यक्ष ठाकुर राजनीतिक निष्ठा र इमान्दारिताको प्रतिमूर्ति रहेको समेत जिकिर गरेका हुन् ।

उनले पक्ष वा विपक्षमा आफूले सनाखत गर्ने नैतिकताले नदिएको बताउँदै भने, ‘मेरो लागि पक्ष र विपक्ष दुवै जसपा नै हो । म जसपाको एउटा कार्यकर्ता हो ।’

उनले आफू राजनीतिक मुद्दाका कारणले जेल बस्नु परेको बताउँदै आफ्नो मुद्दामा जसपाले कतिको लडिरहेको छ, त्यो नेताहरुको दृष्टिकोण होला भने ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ