काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले एक सालअघि उपेन्द्र यादवजीको पार्टी विभाजन भइरहेको भन्दै आफूहरुले जोगाइदिउको बताएका छन् ।
सोमबार जसपाको आधिकारिता विषयमा निर्वाचन आयोगमा भएको सनाखतपश्चात् नेता महतोले आक्रोश पोखेका छन् ।
उनले भने, ‘एक सालभित्र आजको अवस्था आउँछ भनेर हामीले कल्पना पनि गरेका थिएनौँ । त्यही भएर हामी अब जनता मै जाने हो ।’
‘यो अवस्थाका लागि हामीले एक वर्षअघि उपेन्द्र यादवको पार्टी हामीले बचाइदिएका थिएनौँ । हामी देशमा वैकल्पिक शक्ति निर्माण गर्न र शोषण उत्पीडनमा परेका जनतालाई न्याय दिन हामी एकताबद्ध भएका थियौँ । त्यसको ठीक विपरीत यहाँ प्राविधिक पक्ष यहाँ देखाएर विभाजन गर्न खोजिएको छ । यो दूभाग्यपूर्ण हो । जनता अब वैकल्पिक शक्ति निर्माणको प्रक्रियामा अघि बढ्छ । यो बहुराष्ट्रिय राज्य हो । यो सम्पूर्ण नेपालीको देश हो । हामी विचलित हुँदैन ।’
तपाईको प्रतिक्रिया