अन्ततः जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षले पायो

समाचार

२०७८ सावन ११

काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टी नेपालको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएको छ । निर्वाचन आयोगले जसपाको आधिकारिकता यादव पक्षलाई आधिकारिकता दिएको हो ।

जसपाका बहुमत सदस्यले यादव पक्षमा हस्ताक्षर गरेका आधिकारिकता दिइएको जनाइएको छ । अध्यक्ष यादवले जसपाको आधिकारिकताका लागि निर्वाचन आयोगमा दाबी गरेका थिए ।

जसपाका अध्यक्षद्वय यादव र महन्थ ठाकुर पक्षबीच आधिकारिकता सम्बन्धी विवाद भएपछि निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई आयोगमै बोलाएर को कसको पक्षमा भनेर सनाखत गराएको थियो ।

एक वर्षअघि वेकल्पिक शक्ति निर्माणका लागि भएको एकता अन्ततः आज आधिकारिक रुपमा समाप्त भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ