कटुवा पेस्तोलसहित ३ जना पक्राउ

समाचार

पर्सा, ११ साउन । वीरगंज महानगरपालिका–१५ लक्ष्मणवा चोकस्थित होटलबाट १ थान कटुवा पेस्तोल सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार राति पक्राउ पर्नेहरूमा सोही महानगरपालिका–२५ सिर्सिया बस्ने २२ वर्षीय अनिल पटेल, सोही ठाउँ बस्ने २० वर्षीय रकि पटेल र पोखरिया नगरपालिका–२ बस्ने २० वर्षीय विक्रान्ता पटेल रहेका छन् ।

उक्त होटेलमा अनटेष्ट लेखेको मोटरसाइकल र प्रदेश २–०३–०१३ प २०९७ नम्बरको मोटटरसाइकलमा आएका व्यक्तिहरुले कटुवा पेस्तोल बोकी खाजा खाईरहेको भन्ने विशेष सूचनाको आधारमा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरीले तलासी गर्दा अनिलको साथबाट उक्त पेस्तोल फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरू उपर जिल्ला प्रहरी कार्यालय पर्साबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ