अनियन्त्रित लागूऔषधसहित एक जना पक्राउ

समाचार

रुपन्देही, ११ साउन । देवदह नगरपालिका–५ खैरेनी बजारबाट १ सय ५० सेट नियन्त्रित लागूऔषध नुफीन, फेनारगन र डाईजेपाम सहित एक जना पक्राउ परेका छन् ।

नवलपरासी (पश्चिम) रामग्राम नगरपालिका–५ बस्ने ४० वर्षीय राजेस बानीया अग्रहरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  

लु.३३ प ४४३३ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी खैरेनी र ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ