वन्यजन्तु सुनगोहरोको जस्तो देखिने २ थान छाला सहित पक्राउ  

समाचार

धनुषा, ११ साउन । जनकपुर उपमहानगरपालिका–१२ स्थित एयरपोर्टबाट वन्यजन्तु सुनगोहरोको जस्तो देखिने २ थान छालासहित एक जना पक्राउ परेका छन् ।

महोत्तरी बर्दीबास नगरपालिका–११ खैरमारा घर भएका ४३ वर्षीय दोर्जे लामालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जनकपुरबाट काठमाडौं जान लागेका उनलाई उक्त एयरपोर्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलाभित्र उक्त छाला फेला पारी उनलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ