छुरा प्रहारबाट १ जनाको मृत्यु  

समाचार

मोरङ, ११ साउन । फुटबल खेल्ने निहुँमा छुरा प्रहार गर्दा उर्लाबारी नगरपालिका–८ राजघाट चौधरी टोल बस्ने १७ वर्षीय अभिषेक चौधरीको मृत्यु भएको छ ।

आइतबार दिउँसो सोही ठाउँ बस्ने १९ वर्षीय निसान राई लगायतले फुटबल खेल्ने निहुमा चौधरी र सोही ठाउँ बस्ने २१ वर्षीय सुसन धामिलाई धारिलो हतियार छुरा प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी राजघाटबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि अरनिको अस्पताल उर्लाबारीमा हुँदै बी एण्ड सी बिर्तामोड पठाएकोमा चौधरीको उपचारको क्रममा मृत्यु भएको हो ।

घाइते सुसनको सोही अस्पतालमा उपचार भइरहेको छ । निज निसान राई समेत २ जनालाई नियन्त्रणमा लिई घटनामा संलग्न हाल फरार अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ