सिरहा, ११ साउन । धनगढिमाई नगरपालिका–१२ बस्ने कुशुमलाल मुखियाको छोरा ७ वर्षीय शिवम मुखियाको पोखरीमा डुबेर सोमबार बिहान मृत्यु भएको छ ।
आफ्नै घरदेखि करिब ३ सय मिटर टाढा सार्वजनिक पोखरीमा डुबेर अशक्त भएका उनलाई तत्काल उद्दार गरी उपचारका लागि धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया