हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु   

समाचार

सर्लाही, ११ साउन । हरिवन नगरपालिका–४ गणेश चोक बस्ने ६२ वर्षीया तेतरी खाँतुनको हात्तीको आक्रमणबाट सोमबार बिहान मृत्यु भएको छ ।  

सोही ठाउँ बस्ने आभाष रायको बिवाह घरमा जाने क्रममा जंगली हात्तीले आक्रमण गर्दा गम्भीर घाइते भएकी उनको नमुना अस्पताल हरिवन हुँदै नेशनल मेडिकल कलेज वीरगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ